कर्णाली प्रदेशमा थप ११६ जनामा कोरोना सङ्क्रमण

सुर्खेत - पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ११६ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको पिसीआर परीक्षणमा शनिबार ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय स्वास्थ्य…