काठमाण्डु - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गदै प्रदर्शनमा सहभागिहरुमाथि भएको प्रहरी कुटपिट उपर छानविन समिति गठन भएको छ। उनीहरुलाई सिनियर प्रहरी अधिकृतले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै महानगरीय प्रहरी कार्यालयले सो घटनाबारे शनिबार समिति गठन गरेको हो। प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्जको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको महानगरीय…