काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहले नै आइसोलेसनको व्यवस्थापन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित पत्रकार सम्मेलनमार्फत आइसोलेसनको व्यवस्थापन स्थानीय तहले नै गर्नुपर्ने बताए । त्यस्तै उनले आइसोलेसनमा रहेका मानिसहरुलाई १४ दिनमा डिस्चार्ज दिन पनि आग्रह गरेका छन् ।