भरतपुर अस्पतालको प्रमुख मेसुमा डा पाण्डे नियुक्त

चितवन – चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा राजन पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा पाण्डेलाई नियुक्त गरेको हो । यसअघि अस्पतालमा डा श्रीराम तिवारी मेसु थिए  । यही भदौ २४ गतेको मन्त्रिस्तरको निर्णयबाट उनलाई अस्पतालका प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए ।…