काठमाण्डु – काठमाण्डु उपत्यकामा निषेधाज्ञाको अवधि अर्को एक हप्ता थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले केही सेवालाई सहजीकरण गर्दै अर्को एक साताका लागि अत्यावश्यक र तोकिएबाहेकका गतिविधि रोक्ने गरी निषेधको आदेश जारी गरेको हो । कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले रोकथाम…