काठमाण्डु– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा उनीसहित वरिष्ठतम् न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा रहेका छन्। प्रधानन्यायाधीशले संविधानको धारा १३७ अनुसार आफ्नो संवैधानिक अधिकार प्रयोग गरी चार अन्य न्यायाधीश समावेश गर्दै इजलास गठन गरेका हुन् । संवैधानिक इजलासमा हाल २२८ मुद्दा रहेका छन्…