मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गरेपछि पाँच उद्योगलाई कारबाही

काठमाण्डु - मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेपछि औषधि व्यवस्था विभागले पाँच उद्योगलाई कारबाही गरेको छ । मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई औषधि व्यवस्था विभागले कारबाही गरेको हो । राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणबाट स्यानिटाइजरमा विषाक्त रसायन फेला परेको हो। हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने…