बुटवलमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु

बुटवल - लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना सङ्क्रमितको आइतबार (आज) अपराह्न मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको आज १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार (आज)बिहान ४.३५ बजे अस्पतालको फिभर क्लिनिकमा स्वास्थ्य…