काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजिप्ट, नर्वे, श्रीलंका र म्यानमारका लागि नवनियुक्त राजदूतहरूले बिहीबार राष्ट्रपति भवन महाराजगञ्जमा आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थितिमा भएको समारोहमा ओहोदाको प्रमाणपत्र पेश गरिएको हो । नवनियुक्त राजदूतहरूलाई होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।…