केपी ओली सरकारले बढाएको सामाजिक सुरक्षा भत्ता कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाण्डु – सरकारले केपी ओली नेतृत्वको सरकारले बढाएको सामाजिक सुरक्षा भत्ता कार्यान्वयन गर्ने भएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अघिल्लो सरकारले गत आुिर्थक वर्षको बजेटमा वृद्धि गरेको सामाजिक सुरक्षा भत्तालाई वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाएका थिए…