काठमाण्डु – सरकारले पुसको अन्तिम हप्तादेखि कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप दिने तयारी थालेको छ । विश्व स्वास्थ्य संगठनको अनुमति लिएर कोभिड–१९ को पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर डोज दिन यसअघि नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए । बुस्टर डोज पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र क्रमशः…