काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा नगर्न सबै विद्यालयहरुलाई निर्देशन दिएको छ । बोर्डले शुक्रबार एक सूचना जारी गर्दै सरकारबाट अर्को निर्णय नभएसम्मका लागि कक्षा ११ को परीक्षा नगर्न निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमणका कारण सरकारले हालसम्म विद्यालय सञ्चालनको निर्णय नगरेको अवस्थामा केही विद्यालयहरुले परीक्षको कार्यतालिका सार्वजनिक गरेका थिए ।…