पोखरा - पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा सङ्क्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा खटिएका थिए । स्याङ्जाबाट पोखरा…