खोलाले बगाएर तथा डुबेर २ जनाको मृत्यु

काठमाण्डु – खोलाले बगाएर तथा डुबेर २ जनाको मृत्यु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ धपर बस्ने ४० वर्षीय तोप बहादुर सार्कीको बैजनाथ खोलाले बगाएर मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका–१२ निबुवा डेरा गरी बस्ने जाजरकोट घर भएकी निर्मला परियारकी छोरी ७ वर्षीया सिखा परियारको सोही ठाउँस्थित डुडवा खोलामा डुबेर मृत्यु भएको छ ।…