काठमाडौं – केही समयदेखि आँखामा समस्या देखिएका सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा आज बिहान वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले सभामुख सापकोटाको दायाँ आँखामा मोतियाबिन्दुको शल्यक्रिया गरेका हुन् । चिकित्सकहरूको सल्लाहमा बुधवार शल्यक्रिया गरिएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । शल्यक्रिया पश्चात सभामुख सापकोटा आराम…