काठमाण्डु– राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले चीनको ग्वाञ्जाओतर्फ प्रत्यक्ष उडान सुरु गर्ने भएको छ। असोज ९ गतेबाट लागू हुने गरी निगमले काठमाण्डु–ग्वाञ्जाओ–काठमाण्डु रुटमा पहिलोपटक नियमित सेवा सञ्चालन गर्न लागेको हो। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार आवश्यक प्राविधिक तयारी पूरा भइसकेको छ र चीनबाट अनुमति पनि प्राप्त भइसकेको छ। प्रारम्भिक चरणमा असोज ९ र १२ गते…