काठमाण्डु - आइतबार सूर्यग्रहण लाग्दैछ । तर योे सूर्यग्रहण नेपालबाट भने देखिने छैन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आइतबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ । यो सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने छ । चन्द्रग्रहण लाग्दा सम्पूर्ण पृथ्वीवासीले एकैपटक चन्द्रमालाई देख्न सक्छन्…