दाङ – दाङमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा आज मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्षीय प्रहरी जवान जीतेन्द्र चौधरीको राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिबबहादुर सिंहका अनुसार तुलसीपुरबाट दङ्गीशरण गाउँपालिका १ बाकी जाँदै…