काठमाडौं - नेपालमा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । नेपालमा हालसम्म १६ हजार ८०१ जना संक्रमित भएका छन् ।