अवैध मृगौलाको कारोबार गरेको आरोपमा पुरानो मेडिकल कलेजका चार चिकित्सक पक्राउ

काठमाडौं - चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसबाट प्रहरीले चार जना चिकित्सकहरूलाई पक्राउ गरेकाे छ । मृगौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार  ४ जना चिकित्सकहरू पक्राउ परेका हुन् ।कलेज अफ मेडिकल साइन्सेज पुरानो मेडिकल कलेज नामले समेत चिनिन्छ । पक्राउ पर्नेमा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्रा. डा. राकेश वर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण…