लकडाउनको अवधिमा विद्यालयहरुले शुल्क तिर्न अभिभावकलाई दबाब दिएको भन्दै विरोध, आन्दोलन गर्ने चेतावनी

काठमाडौं – लकडाउनको बेलामापनि निजी विद्यालयहरुले अभिभावकहरुलाई शुल्क तिर्न दबाब दिएको भन्दै अधिकारकर्मी र अभियन्ताहरुले त्यसको विरोध गरेका छन् । अभिभावकमाथिको ज्यादतीय तत्काल बन्द नगरे सडक संघर्ष सुरु गर्ने उनीहरुको चेतावनी छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले लकडाउनका कारण सबै क्षेत्र प्रभावित बनेको भन्दै अभिभावकपनि यसबाट अछुतो नरहेको धारणा राखे ।…