काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एनपीएलको मिति घोषणा गरेको हो। क्यानले सामाजिक सञ्जालमार्फत् नोभेम्बर १७ देखि डिसेम्बर १५ (मंसिर १–२८) सम्म हुने जानकारी दिएको हो । उक्त संस्करणका लागि मिनि अक्सन सकिएको छ ।