टिचिङमा कोरोना संक्रमित डेढ महिनाको शिशुको मृत्यु

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बुधबार साँझ त्रिवि शिक्षण अस्पतालमा उपिचाररत डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको हो । म्याग्दी घर भएका शिशुलाई घाँटीमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । चिकित्सकहरुले उनको शल्यक्रिया गर्नुपर्ने बताएपछि कोरोना परीक्षण गरिएको थियो ।…