अछामका पुरुषको कोरोनाबाट मृत्यु, मृतकको संख्या ३० पुग्यो

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अछाम रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरेका छन् । उनको असार १४ गते वयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ…