उपराष्ट्रपति पुन पाकिस्तानको स्वतन्त्रता दिवस समारोहमा सहभागी

काठमाण्डु - उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आज साँझ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य दिँदै उनले नेपाल र पाकिस्तानबीचको सघन सम्बन्धको स्मरण गरे । उपराष्ट्रपतिले नेपालको विकास प्रयासमा पाकिस्तानले गरेको सहयोगप्रति आभार व्यक्त गरे । यसै अवसरमा आज बिहान काठमाण्डुस्थित पाकिस्तानी दूतावासमा आयोजित कार्यक्रममा कार्यबाहक राजदूत अदनान…