सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु

सप्तरी – सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । बिहीबार बिहान वर्षासँगै परेको चट्याङ्ले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार जिल्लाको महदेवा गाउँपालिकाका २, राजगढ गाउँपालिकाका १ र डाक्नेश्वरी नगरपालिकाका १ जनाको चट्याङ लागेर मृत्यु भएको हो ।…