काठमाडौं – कोभिड–१९ को विभिन्न बहानामा पत्रकारको पेशागत अधिकार नखोस्न सञ्चारगृहलाई विभिन्न पत्रकारका सङ्घसङ्गठनले आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को असरपछि विभिन्न सञ्चारगृहमा श्रमजीवी पत्रकारले व्यहोर्नु परिरहेको समस्या समाधानका लागि आज पत्रकारका सङ्घसङ्गठनसँग गरेको छलफलमा उनीहरुले पत्रकारको पेशागत अधिकार नखोस्न सञ्चारगृहसँग आग्रह गरेका हुन् । कोभिड–१९ को बहानामा पत्रकारलाई निष्काशन गर्ने, बिदामा…