गुल्मी – उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ । यही जेठ १ गतेदेखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका मदानेका ४१ वर्षीय शिक्षकमा आज कोरोना संक्रमण पुष्टि भएको हो । निमोनियाका कारण अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका उनको प्रदेश प्रयोगशालामा पिसिआर विधिबाट…