सोती घटनामा ३४ जनाविरुद्ध मुद्धा दर्ता, बेहोस बनाएर भेरीमा फालेको प्रहरी निष्कर्ष

काठमाडौं – रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्याकाण्ड योजनाबद्ध तरिकाले भएको प्रहरीले निष्कर्ष निकालेको छ । ६ जनालाई गाउँलेले कुटेर बेहोस बनाएर भेरी नदीमा फालेको प्रहरीको निष्कर्ष छ । रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ। आइतरबार सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता…