कपिलवस्तुका २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं – नेपालमा २ जना कोरोना संक्रमणका बिरामी फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १०१ पुगेको छ ।