काठमाडौं – लकडाउनका कारण कार्यालय जान नपाएका सरकारी कर्मचारीहरुलाई उनीहरुको नियमित तलब नकाटिने गरी सरकारले सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै चैत ९ गतेदेखि कार्यालय जान नसकेका सरकारी कर्मचारीहरुको अवधि सार्वजनिक बिदाको रुपमा गणना हुने जनाएको छ । यससँगै उनीहरुले नियमित रुपमा खाइपाइ आएको भत्ता समेत यथावत रहने बताइएको छ ।…