दार्चुला - दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिकाको छाङ्गरु र तिङ्करमा छ महिनादेखि सञ्चार अवरुद्ध भएको छ । गत मङ्सिरमा व्यासका स्थानीयवासी खलङ्गा झरेसँगै त्रिदेशीय सीमा क्षेत्र सञ्चारविहीन भएको हो। छाङ्गरुमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको भए पनि अत्यधिक हिमपातका कारण गत मङ्सिरदेखि अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ। “हिमपातले छाङ्गरुमा राखिएको स्काइ…