शनिबार एकैदिन थपिए १३ जना कोरोना संक्रमित

काठमाडौं -  शनिबार एकैदिन थप १३ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबारमात्रै १३ जना संक्रमित पुष्टि भएको हो । नेपालमा कुल संक्रमितको संख्या २८१ पुगेको छ ।