नेपाली सेनाको मध्यपूर्वी पृतनामा दुई सैनिक कोरोना संक्रमित


काठमाडौं – नेपाली सेनाका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पाइएको छ ।  स्वास्थ्य मन्त्रायलले शनिबार दिउंसो कोरोना संक्रमण पुष्टि गरेका दुईजना नेपाली सेनामा कार्यरत भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो । नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय, महोत्तरीमा कार्यरत दुई सैनिकमा कोरोना संक्रमण देखिएको प्रवक्ता पाण्डेले बताए । योसंगै कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement