तनहुँको जिपी कोइराला उपचार केन्द्रमा आइसोलेसन कक्ष स्थापना

काठमाडौं – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको छ । अस्पतालमा २० शैयाको आइसोलेसन कक्ष निर्माणको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका कार्यकारी निर्देशक डाक्टर रामकुमार श्रेष्ठले जानकारी दिए । ‘अस्पतालको भवनभित्र एउटा कोठामा आइसोलेसन कक्ष निर्माण भइरहेको छ। केही दिनभित्रै सबै…