काठमाडाैं - रुपन्देहीको नेपाल–भारत सीमा क्षेत्र मर्चवारमा सुरक्षाका लागि स्वयंसेवक परिचालन गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी भारतसँग सीमा जोडिएको यस क्षेत्रमा आवतजावत बढेपछि स्वयंसेवक परिचालन गरिएको स्थानीय पालिकाले बताएका छन् । बन्दाबन्दीका समयमा सीमामा तस्करी बढेको र भारतीय नेपालतर्फ आउने क्रम नरोकिएपछि स्थानीय युवालाई स्वयंसेवकका रुपमा सीमा सुरक्षामा खटाइएको कोटहीमाई गाउँपालिकाका…