काठमाण्डु- नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालको प्रमुखमा सहायकरथी डा. नम्रता महरा रावल नियुक्त भएकी छन्। करिब छ महिनाअघि अस्पतालको प्रमुख रहेका भुवन कुवरको ठाउॅमा रावललाई कमाण्डेन्टको जिम्मेवारी दिइएको हो। डा. रावल यसअघि अस्पतालमै रजिस्ट्रारका रूपमा कार्यरत रहँदै आएकी थिइन्। साथै, उनले मनोचिकित्सा विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेकी थिइन्। लामो समयदेखि मानसिक स्वास्थ्य उपचार, अनुसन्धान र…