पोखरा र भैरहवा विमानस्थल नाफामा नगएसम्म निजगढ विमानस्थल बनाउँछु भन्नु हाँस्यस्पदः ईन्जिनियर कँडेल

काठमाडौं – पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएर नाफामा नगएमसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछु भन्नु हाँस्यस्पद हुने टिप्पणी गरेका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै कँडेलले विमानस्थल चलाउनको लागि दक्ष जनशक्ति तयार पार्नुपर्ने सुझाव दिएका छन् । उनले भने,‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर अन्तिम चरणमा पुगेका छन्…