काठमाडौं – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार अपरान्ह उक्त मुद्दा दर्ता गरेको हो । यो प्रकरणमा अख्तियारले गच्छदारसहित अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यातविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । अख्तियारले तत्कालीन सचिव…