काठमाण्डु – पहिलो चरणमा कोरोना खोप लगाएकालाई आजदेखि दोस्रो मात्रा खोप लगाइँदैछ । दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई कोभिसिल्ड खोप लगाइएको थियो । पहिलो मात्रा कोभिशिल्ड लगाएकालाई दोस्रो मात्रा पनि सोही खोप दिन पर्ने छ ।…