काठमाण्डु – काठमाण्डु उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै स्मार्ट लकडाउन गरिएको उपत्यकामा माघ ७ गते शुक्रबार रातिबाट यातायातका साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको हो । बिहीबार काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले स्मार्ट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी यातायातका साधनहरुमा…