कञ्चनपुर – जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको आज विहान मृत्यु भएको जानकारी दिए । स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम आक्रमणबाट घाइते भएकी…