दाङ – दाङमा आगलागीबाट जेसिबी जलेर नष्ट भएको छ । गढवा गाउँपालिका–१ जेठान गाँउमा बज्रगुरु कन्सट्रक्सनले निर्माण गरिरहेको गढवा–कालाकाटे हुलाकी राजमार्गमा प्रयोग भइरहेका जेसिबी तथा स्काईभेटरमा सोमबार बिहान अपरिचित व्यक्तिहरूले आगजनी गरेको हो । आगजनीबाट ४ वटा स्काईभेटर पूर्णरूपमा जल्नुका साथै १ वटा सामान्य जलेर करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको…