काठमाण्डु - जनकपुरधाम नगर क्षेत्रका सम्पूर्ण विद्यालय तथा क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएका छन्। निजी विद्यालयहरूको छाता संगठन प्याब्सन जनकपुरधाम र नेशनल प्याब्सन जनकपुरधामले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै जैन जी आन्दोलनपछि उत्पन्न परिस्थिति र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अर्को सूचना नआएसम्म पठनपाठन बन्द गरिएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, 'आन्दोलनका क्रममा सहादत प्राप्त गरेका…