काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा जेनजी आन्दोलनपछिका विकसित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक बुधबार राति ८ बजेदेखि सुरु हुने उनले जानकारी दिए ।