चितवन – चितवनको कालिका नगरपालिका–३ को वडा कार्यालयमा आगजनी भएको छ । वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले झ्याल फोडेर भित्र पसि पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा साढे…