जेनजीलाई सेनाको अपिल : राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको दायित्व हो

काठमाण्डु – नेपाली सेनाले देशभर जारी जेनजी आन्दोलनका घटनाक्रमलाई गम्भीरतापूर्वक विश्लेषण गरिरहेको जनाउँदै राष्ट्रिय सम्पत्तिको रक्षा गर्नु सबैको दायित्व भएको जनाएको छ । रक्षा मन्त्रालय अन्तर्गतको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले मंगलबार जारी गरेको अपिलमा आन्दोलनका क्रममा भएको जनधनको अपूरणीय क्षतिप्रति सेनाले गहिरो दु:ख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्ति र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट…