८ इञ्च हिउँ जमेपछि चराङ–लोमान्थाङ सडक अवरुद्ध, कागबेनी–मुक्तिनाथ सडक सञ्चालनमा आयो

काठमाण्डु- भारी हिमपातका कारण मुस्ताङको चराङ–लोमान्थाङ सडक अवरुद्ध भएको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको हो । चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा ८ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए । मंगलबार लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर…