कोरोना जितेपछि क्याप्टेन लामाले भनेः नयाँ जीवन पाएँ

काठमाण्डु – वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणमुक्त भएका छन् । १७ दिन आइसोलेसनमा बसेका लामा बिहीबार साँझ डिस्चार्ज भएका हुन् । उनले कोरोना संक्रमण मुक्त भएपछि नयाँ जीवन पाएको बताएका छन् । ‘नयाँ जीवनको सुरुवाती जस्तो लाग्यो त्यो कोरोना युद्ध पछि’, उनले भनेका छन्, ‘कोभिडसँगको लडाइमा बिजय प्राप्ती पछिको जीवन हो मेरो भन्ने लाग्यो…