काठमाण्डु - भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजे ११ मिनेटमा स्पर्श गरेको थियो। राति ११ बजेर ५६ मिनटमा चन्द्रग्रहणको मध्य र राति १ बजेर ४१ मिनटमा ग्रहण सकिएको थियो। ग्रहण साढे तीन घण्टा काठमाण्डुको आकाशमा देखिएको थियो ।…